Logo

Breaking News 1

५ सय ३७ किलो गाँजासहित एकजना पक्राउ



विराटनगर । सुनसरीको कोशी गाउँपालिका–७ बाट ५ सय ३७ किलो लागू औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले धानबारी भित्र प्लास्टिकको १३ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा ५ सय ३७ किलो १ सय ४० ग्राम गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भएसँगै ओसार पोसारमा संलग्न रहेका सोही स्थानका ४५ बर्षीय दिनेश यादव समेतलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  १ : ३३ बजे