Logo

मुख्य समाचार

खुकुरी प्रहारबाट गम्भिर घाइते बाजुराका शाउँदको उपचारमा आर्थिक सहयोगको अपिल



बाजुरा । खुकुरी प्रहारबाट गम्भिर घाइते भएका बाजुराका मनोज शाउँदको उपचारमा आर्थिक सहयोगको अपिल गरिएको छ ।
बाजुराको त्रिबेणी नगरपालिका ३ भएका शाउँदको उपचारको लागी आर्थिक सहयोगको अपिल गरिएको हो । गम्भिर घाईते शाउँद र उनको घर परिवारको अवस्था निकै कमजोर भएकोले उपचारमा सहयोग गर्न सम्पुर्णमा आग्रह गरिएको हो ।

असोज १५ गते राती त्रिवेणी नगरपालिका २ स्थित छतारास्थित चाल्नेगडा दशैँ मेलामा आयोजित देउडा कार्यक्रममा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका थिए।सोही झडपमा खुकुरी प्रहारबाट गम्भिर घाइते १८ वर्षीय साउँदको घाँटी, निधार र दाँहिने हातमा गम्भिर चोट लागेको थियो । घाइते शाउँदको अहिले टिचिङ अस्पतालमा उपचार भईरहेको छ ।

झडपमा परेका अन्य दुई जना २२ वर्षीय दिनेश साउँदको घाँटी र बाँया पाखुरामा चोट लागेको थियो भने १६ वर्षीय तपेश साउँदको दाँहिने हातको नाडीमा सामान्य चोट लागेको थियो ।उनीहरुको आवस्था सामान्य भए पनि यता शाउँको अवस्था भने गम्भिर रहेको छ । उपचारमा आर्थिक सहयोगको समस्या हुँदा यतिवेला उनको उपचारमा आर्थिक सहयोगको अपिल गरिएको हो ।

मानव सेवा नै धर्म भएकाले सहयोगी तथा मनकारी भावना भएका व्यक्तिहरुले शाउँदको उपचारमा सक्दो सहयोग गर्न आग्रह गरिएको छ । घटनामा संलग्न दोषीलाई तत्काल कार्वाही गरी कडा भन्दा कडा सजाय दिन उनीहरुका आफन्तजनहरुले आगैह गरेका छन् ।यता प्रहरीले उक्त घटनामा संलग्न केही व्यक्तिहरुलाई प्रकाउ समेत गरिसकेको र थप आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : ३४ बजे