Logo

Breaking News 1

रौतहटमा चट्याङ लागेर दुईजनाको मृत्यु



रौतहट । रौतहटमा अविरल बर्षासँगै चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । कटहरिया नगरपालिका– २ मा शनिबार साँझ चट्याङ लागेर दुइ जना किशोरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी राजु कार्कीका अनुसार शनिबार साँझ ६ः३० बजे हथियायी बस्ने अन्दाजी १६ वर्षीय बालकहरू सेहराज लहरी र नविन यादवको चट्याङ लागेर मृत्यु भएको हो ।

सडकमा हिडिरहेका अवस्थामा चट्याङ लागेको प्रहरीले बताएको छ । मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर राखिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १० : १८ बजे