Logo

धर्म / संस्कृति

आजको राशिफल २०८२ असोज १४ गते


१४ आश्विन २०८२, मंगलबार  

23
Shares

मेष राशि
नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार(व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। समस्या र चुनौती समाप्त हुनेछन्।

बृष राशि
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय बित्नेछ।

मिथुन राशि
महत्त्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। वादविवादमा अघि नसर्नुहोला। मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ।

कर्कट राशि
कामको चाप बढ्नेछ। केही दौडधुप गर्नु परे पनि फाइदा हुनेछ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो काम प्रारम्भ हुन सक्छ। पुरुषार्थी कामले प्रतिष्ठा जोगाउन सफल भइनेछ।

सिंह राशि
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ।

कन्या राशि
तत्काललाई सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ। तत्काल योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ।

तुला राशि
हिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त हुने समय छ। पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषि र उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।

बृश्चिक राशि
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ।

धनु राशि
आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।

मकर राशि
जटिल कामले लोभ्याउनेछ तर खर्च पनि उत्तिकै लाग्न सक्छ। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ।

कुम्भ राशि
आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा पनि फाइदै हुनेछ। मनग्य रकम हातलागी हुनेछ तर दायित्व पनि बढ्न सक्छ।

मीन राशि
पुरुषार्थी काम सम्पन्न गर्ने समय छ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कामले नाम, दाम र इनाम दिलाउन सक्छ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ६ : १४ बजे