Logo

मुख्य समाचार

हेटौंडाको मुख्य बजार क्षेत्रमा सुरक्षामा कडाइ



मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाको मुख्य बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ । हालको आन्दोलन र संवेदनशील अवस्थालाई मध्यनजर गर्दै बजार क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाली सेनाको टोली समेत परिचालन गरेर हेटौँडा बजारको मुख्य चोकसम्म सुरक्षा व्यवस्था कडा पारिएको छ। पैदल गस्ती, सवारी चेकजाँच र निगरानीलाई थप सशक्त पारिएको प्रहरीले जनाएको छ ।

बिहानदेखि नै बजार क्षेत्रमा मानिसहरूको चहलपहल सामान्य देखिए पनि सुरक्षाकर्मी उच्च सतर्कतामा रहेका छन् । नावश्यक भिडभाड हुन नदिने, सम्भावित तोडफोड तथा अशान्ति रोक्न सुरक्षा निकायलाई सक्रिय बनाइएको हो ।

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित ट्राफिक प्रहरी पनि बजार क्षेत्रमा खटाइएको छ । प्रहरी प्रशासनले जनतालाई शान्ति–सुरक्षामा सहयोग गर्न र अफवाहमा नपर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ११ : १९ बजे