Logo

Breaking News 1

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौं । आज(मंगलबार) दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको हो ।

अर्थ समितिको बैठक ११ बजे बस्दैछ भने बैठकमा बार्षिक प्रतिवेदन मस्यौदा उपसमितिबाट तयार गरिएको समितिको बार्षिक प्रतिवेदन प्रस्तुत एवं छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

यस्तै दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ८ : ४५ बजे