Logo

Breaking News 1

जेनजी आन्दोलन : राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु



काठमाडौं । जेनजीको प्रदर्शनमा घाइते भइ राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ ।
मृत्यु भएकाहरुमध्ये हालसम्म पाँच जनाको पहिचान खुलेको ट्रमा सेन्टरले जानकारी दिएको छ ।

सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाडौँ कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौँ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो ।

सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डण्ट डा. बद्री रिजालका अनुसार ट्रमा सेन्टरमा उपचारका लागि ५६ जना घाइते पुगेका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबारको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका छन् ।

काठमाडौंको सिभिल अस्पतालमा तीन, ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, केएमसीमा दुई, त्रिवी शिक्षण अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई जनाको निधन भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ८ : ०७ बजे