Logo

Breaking News 1

ललितपुरमा कर्फ्यु, राति १२ बजेसम्म रहने



ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मंगलबार बिहान ७ बजेदेखि राति १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेका हुन् । 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम ललितपुर महानगरपालिका–२, ४, ९, १८ र २५ का विभिन्न क्षेत्रमा कर्फ्यु लागू हुने जनाइएको छ । आदेशअनुसार तोकिएको क्षेत्रमा कुनै पनि किसिमका सभा, जुलुस, प्रदर्शन, भेला, बैठक वा घेराउ गर्न पाइनेछैन ।

वडा नं. ४, १८ र २५ को भैंसेपाटी क्षेत्र, पूर्वमा भैंसेपाटीबाट बुङमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोल पम्पभन्दा तल रहेको विष्णुदेवी मन्दिर, दक्षिणतर्फ इटनी जाने ओरालो क्षेत्रमा कर्फ्यु लगाइएको छ । 

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ७ : ४२ बजे