जनकपुर । पर्साको वीरगंजमा हैजाको संक्रमण देखिएपछि मधेश प्रदेश सरकारले उपचार तथा संक्रमण नियन्त्रणका लागि हरसम्भव उपाय अवलम्बन गर्ने तयारी गरेको छ । यसका लागि स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयहरूलाई सक्रिय बनाइएको छ ।
कार्यवाहक मुख्यमन्त्री सरोजकुमार यादवले संक्रमण देखिएको क्षेत्रमा तत्काल आवश्यक उपचार सेवा उपलब्ध गराउने र थप फैलिन नदिने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक निर्देशन दिएका छन् ।
यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय शत्रुधन प्रसाद सिंहले पनि प्रभावित क्षेत्रमा खटिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिए ।
उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि मन्त्रालयका महाशाखा प्रमुख डा.विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरलाई वीरगंज पठाइएको छ ।
शुक्रवार राति वीरगन्ज–१२ मुर्ली टोलमा हैजा संक्रमण देखिएकोमा शनिवारसम्म मध्यान्हसम्ममा वडा नम्बर ११, १३ र १६ मा हैजा फैलिएको छ ।
३० भन्दा बढी बिरामी र झाडापखालाले तीन जनाको मृत्यु भएपछि वीरगन्ज महानगरमा हैजाले जनजीवन त्रसित बनाएको छ ।
प्रतिक्रिया