मकवानपुर । हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहानै परेको अविरल वर्षापछि मकवानपुरको भिमफेदी गाउँपालिका–८ भर्याङडाँडामा पहिरो खस्दा सडक आगमन पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
सडक खुलाउने कार्य जारी रहेको र बाटो खुल्न करिब दुई घण्टा थप लाग्ने अनुमान गरिएको प्रहरीको भनाइ छ । पहिरोका कारण सयौँ सवारीसाधन बीचमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।
प्रतिक्रिया