Logo

Breaking News 1

जोशी हाईड्रोपावरको हकप्रद शेयर खरिदका लागि आवेदन पेश गर्ने समयावधि थप



काठमाडाैं । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन पेश गर्ने समयावधि थप गरिएको छ ।
सुरुमा आवेदन दिने म्याद भदौ ४ गतेसम्म तोकिएको भए पनि माग अनुसार पर्याप्त आवेदन नपरेको भन्दै कम्पनीले भदौ १९ गते सम्मका लागि समयावधि थप गरेको हो ।

हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँको ६५ प्रतिशत अर्थात २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर (१ः०.६५ अनुपातमा) १०० रुपैयाँ अंकित दरमा जारी गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि असार ८ गते बुक क्लोज गरेको थियो, जसअनुसार असार ७ गतेसम्म नेप्सेमा शेयर किनेकाले मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन् ।

यस हकप्रद सेयरको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको । लगानीकर्ताले क्यापिटलको काठमाडौं कार्यालय, जोशी हाईड्रोको कार्यालय, लक्ष्मी सनराइज बैंकको इलाम शाखा, सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ’मेरो सेयर’ प्रणालीबाट आवेदन दिन सक्नेछन ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ९ : २० बजे