Logo

मुख्य समाचार

नेपाल आइपुगे भारतीय विदेश सचिव मिश्री



काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी आज नेपाल आएका हुन् ।

उनी सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने छन् भने १०ः३० प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको बताइको छ ।

साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो समेत दिने छन् । राष्ट्रपति पौडेललाई भेटिसकेपछि सचिव मिस्री सिधै बुढा नीलकण्ठ जानेछन् । त्यहाँ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने छन् ।

सभापति देउवालाई भेटिसकेपछि उनी सिधै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जानेछन् । प्रचण्डलाई भेटिसकेपछि परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसँग दुईपक्षीय भेटवार्ता हुने स्रोतले जनाएको छ। सचिव स्तरीय वार्ता सकेपछि सचिव मिस्रीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भेटवार्ता गर्नेछन् ।

त्यसपछि परराष्ट्र सचिव राईले भारतीय विदेश सचिव मिस्रीको सम्मानमा रात्रीभोजको आयोजना गर्ने बताइएको छ।
भदौ २ गते सचिव मिश्रीले पशुपतिको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम रहेकोे छ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १० : ०५ बजे