Logo

Breaking News 1

आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिमा विशेष भीड (तस्विरहरू)



आज साउन महिनाको अन्ति‍म सोमबार । साउन महिनाको आज अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा आजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।

बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएका छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

तस्विरहरू : बिजेन अमात्य / नेपाल न्यूज बैंक

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १० : ५२ बजे