काठमाडौं । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले अगस्ट १५ मा अमेरिकाको अलास्का राज्यमा पुटिनलाई भेट्ने बताएका छन् ।
ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमा भनेका छन् कि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको उनको भेट अगस्ट १५ मा अमेरिकी राज्य अलास्का मा हुनेछ । शनिबार, रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले समेत यो समाचारको पुष्टि गरिसकेका छन् ।
उशाकोभले आगामी शिखर सम्मेलनमा पुटिन र ट्रम्पले रुस–युक्रेन द्वन्द्वको दीर्घकालीन शान्तिपूर्ण समाधान प्राप्त गर्ने विकल्पहरूमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।
उशाकोभले अलास्कामा भएको बैठकपछि पुटिन र ट्रम्प बीचको अर्को बैठक रूसमा हुने र रूसी पक्षले पहिले नै अमेरिकी पक्षलाई निमन्त्रणा दिइसकेको पनि बताएका छन् । (सिसिटिभि)
प्रतिक्रिया