Logo

ग्यालेरी

साउनको तेस्रो सोमबार: शंखमुलको शिव मन्दिरमा भक्तजनहरु(तस्बिरहरु)



साउन महिनाको तेस्रो सोमबार आज देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

काठमाडौं उपत्यकामा रहेको शंखमुलको शिव मन्दिरमा पनि हरेक सोमबार भक्तजनहरु पूजा, आराधना एवं दर्शनका लागि आउने गर्दछन् ।साउन महिना र सोमबार भगवान् शिवको प्रिय महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ ।

तस्बिर : बिजेन अमात्य /नेपाल न्यूज बैंक 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ११ : ४९ बजे