Logo

अर्थ

बिहीबारको विदेशी मुद्राको विनिमयदर कति ?



काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रुपियाँ ४३ पैसा र बिक्रीदर १३८ रुपियाँ ०३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ४९ पैसा र बिक्रीदर १६० रुपियाँ १८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपियाँ र बिक्रीदर १८७ रुपियाँ ८२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७० रुपियाँ ३६ पैसा र बिक्रीदर १७१ रुपियाँ १० पैसा ,अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ २७ पैसा र बिक्रीदर ८९ रुपियाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ०७ पैसा र बिक्रीदर १०० रुपियाँ ५१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ३२ पैसा र बिक्रीदर १०७ रुपियाँ ७९ पैसा तोकिएको छ।

त्यस्तै,जापानी येन १० को खरिददर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १६ पैसा र बिक्रीदर १९ रुपियाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६४ पैसा र बिक्रीदर ३६ रुपियाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ र बिक्रीदर ३७ रुपियाँ ८७ पैसा,थाई भाट एकको खरिददर चार रुपियाँ २१ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४२ पैसा र बिक्रीदर ३७ रुपियाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ४२ पैसा र बिक्रीदर ३२ रुपियाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०८ पैसा र बिक्रीदर १० रुपियाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४३ पैसा र बिक्रीदर १४ रुपियाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३८ पैसा र बिक्रीदर २१ रुपियाँ ४८ पैसा कायम भएको छ ।

यस्तै ,राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५१ पैसा र बिक्रीदर १७ रुपियाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ ३४ पैसा र बिक्रीदर ४५१ रुपियाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ ३९ पैसा र बिक्रीदर ३६५ रुपियाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ९४ पैसा र बिक्रीदर ३५८ रुपियाँ ५० पैसा भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ६ : ५१ बजे