काठमाडौं । अटो पालर्स प्रालिले नयाँ अटो पालर्स शोरुमको उद्घाटन गरेको छ । शनिबार काठमाडौंमा ईभी गाडीहरुको प्रिमियम सामानहरु भएको अटो पालर्स शोरुमको उद्घाटन भएको हो ।
सो क्रममा अटो पालर्स प्रालिको सिइओ उपेन्द्रराज पाण्डेले नेपालमा ईभीलाई ध्यानमा राखेर शोरुमहरु स्थापना नभएको भन्दै ईभी गाडीहरुको प्रिमियम सामान मात्र राख्ने शोरुम खोलेको बताए ।
यस्तै, अटो पालर्सका निर्देशक सौरभराज पाण्डेले अहिले ईभीको मार्केट बढिरहेको अवस्थामा यसलाई व्यवस्थित तरिकाले अगाडि बढाउनको लागि अटो पालर्स भन्ने स्वरुम खोलेको बताए ।
उनले भने, ‘अटो प्रो भनेर ईभी गाडीको लागि बनाएको हो । जुन अहिले ईभीको मार्केट बढि रहेको छ त्यसलाई व्यवस्थित तरिकाले अगाडि लानको लागि पनि यो अटो पालर्स भन्ने स्वरुम संचालनमा ल्याएका हौं ।’
बजारमा विभिन्न ब्राण्डका नयाँ गाडीहरु आएका छन् र त्यसको लागि चाहिने एकदमै गुणस्तरको पार्टस्हरु यस अटो पालर्समा रहेको पनि उनको भनाई छ ।
प्रतिक्रिया