Logo

अर्थ

सुनको मूल्य तोलामा ६ सयले बढ्यो



काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सयले बढेको हो ।

बुधबार तोलाको एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको सुन आज एक लाख ९२  हजार २ सय कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्यमा भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ११ : १३ बजे