Logo

ग्यालेरी

चन्द्रागिरिको मातातीर्थमा भव्य मेला(फोटो फिचर)



काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा भक्तिसाथ मनाइँदै छ । आजका दिन दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।  यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लागेको छ । तीर्थाटनमा सहभागीहरूले माता तीर्थ कुण्डमा स्नान गर्नकासाथै पिण्डदान तथा सिदादान गरिरहेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ११ : ३१ बजे