Logo

मुख्य समाचार

धनुषामा राजेन्द्र लिङ्देनको पुतला दहन



जनकपुर । धनुषाको लक्ष्मिनियामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेका छन् ।

हिजो लिङ्देनले संसद बैठकमा नेपाली कांग्रेसका छोराले भाटभटेनीमा लुटपाट गरेको भन्दै अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिप्रति आक्रोस व्यक्त गर्दै शनिबार (आज) नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताले आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको लक्ष्मिनिया बजारमा चक्का जाम गर्नुका साथै लिङ्देनको पुतलासमेत जलाएका हुन् ।

लिङ्देनले निराधार अभिव्यक्ति दिएको भन्दै उनलाई तत्काल कारवाहीको गर्नुपर्ने माग कांग्रेसका नेता तथा कार्यकर्ताले गरेका छन् । लिङ्देनले उनको अभिव्यक्तिप्रति माफि नमागे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १२ : ४६ बजे