आज मिति २०८२ वैशाख १ गते, सोमवार, १४ अप्रिल २०२५। वैशाख कृष्णपक्ष प्रतिपदा तिथि, ६ः५९ बजेदेखि द्वितीया। स्वाती नक्षत्र। चन्द्रराशि तुला।
मेष राशि
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ।
बृष राशि
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
मिथुन राशि
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम थालनी हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ।
कर्कट राशि
आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।
सिंह राशि
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सजिलै सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।
कन्या राशि
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ।
तुला राशि
प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्।
बृश्चिक राशि
काम बनाउन खर्च र दौडधुप गर्नुपर्ने हुन सक्छ। कतिपय सामान जोहो गर्न र अनावश्यक किनमेलमा पनि अधिक खर्च हुनेछ। पेसा–व्यवसायमा कम आम्दानी हुने समय छ।
धनु राशि
आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्।
मकर राशि
पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
कुम्भ राशि
आजको मिहिनेतले पछिसम्म फाइदा हुनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।
मीन राशि
काममा व्यस्तता बढ्नेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ।
प्रतिक्रिया