Logo

मुख्य समाचार

आम जनता पार्टीबाट वरिष्ठ उपाध्यक्ष साहको राजिनामा



रौतहट । आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पार्टी परित्यागको घोषणा गरेका छन् ।

उनले आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत पार्टीको कुनै जिम्मेवारी नरहने सार्वजनिक रूपमा घोषणा गरी राजीनामा दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्,‘आम जनता पार्टीका  राष्ट्रिय  अध्यक्ष मा. प्रभु  साहसँग भएको  लामो सहयात्राको लागि   उहाँलाई विशेष  धन्यवाद  दिन चाहन्छु । उहाँको  पार्टी प्रगति  गरोस्  हार्दिक  शुभकामना  छ । आजको मिति देखि म पार्टिको कुनै पनि सांगठनिक जिम्मेवारीमा नरहेको सबैमा जानकारी गराउँदछु ।’

आम जनता पार्टीमा रहँदा आफ्नो विभिन्न स्वार्थ त्याग गरि प्रभु साहको लागि दिनरात इमानदारीपूर्वक लागेको र उनको  समकक्षीको रूपमा सधैं साथ सहयोग गर्दै आएको उल्लेख गरे ।  तर साह  कुन पार्टीमा प्रवेश गर्ने खुलाएका छैन । उनको राजीनामा संगै जिल्लाको राजनीतिमा निकै चर्चा परिचर्चा हुन थालेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ८ : ४० बजे