Logo

मुख्य समाचार

 अत्याधिक वायु प्रदूषणले हवाइ उडान प्रभावित, व्यवसायी निराश



काठमाडौं । अहिलेसम्मकै उच्च वायुप्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विमानस्थलहरुबाट नियमित हुने हवाई उडान प्रभावित भएका छन् । दर्जनौं उडान रद्द समेत भइरहेका छन् ।

धुँवा, धुलो र वायु प्रदूषणका हवाई रुटमा पर्ने आकाशमा बाक्लो तुँवालो लागेपछि उडान डिले हुने मात्र नभइ धमाधम रद्द पनि भइरहेका छन् । विमान कम्पनीहरुका अनुसार एक सातामा करित दुई सय बढी उडान रद्द भएका छन् ।

सोमबार विहान मात्रै बुद्ध एयरको पोखरा र भरतपुर उडान पनि प्रभावित भएको कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै कर्णले भने, ‘वायुप्रदूषका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित हुन पुगको छ । सोमबार धेरै उडानहरु प्रभावित नै भएका छन् ।  सोमबार विहान मात्र पोखरा, भरतपुर उडान पनि प्रभावित भएको छ । ४ बजेसम्म पनि यस्तै अवस्था रह्यो भने सबै उडान रद्द हुने सम्भावना छ । यसरी उडानहरु प्रभावित हुँदा कम्पनीहरुलाई नोक्सान त हुने नै भयो ।’

साथै  कर्णले काठमाडौं–तुम्लिङटार उडानको रुट रद्द  भएको जानकारी दिए ।  उनले यसरी वायु प्रदूषणले हवाइ उडान प्रभावित हुँदा आउँजाउँ गर्ने यात्रुहरुले सास्ती व्यहोर्नुपरेको बताए ।

मुख्य पर्यटकीय सिजनमै उडानहरू रद्द हुँदा आर्थिक क्षतिसँगै नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ । पर्यटकीय सिजनमा वायुसेवा अपरेटरहरुले पोखरा, जोमसोम र लुक्ला क्षेत्रका उडानबाट राम्रो आम्दानी गर्ने गर्छन् ।

‘डलरफेयर’ मा आम्दानी गर्ने कम्पनीहरु यही बेला उडानहरू रद्द हुँदा वायुसेवा कम्पनीहरुको मुख्य आम्दानीको सिजनमा निराश हुनुपरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १२ : ३७ बजे