Logo

कर्पोरेट

प्रभुबैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपीआई सेवा शुभारम्भ : नयाँ युगको शुरुआत


३० फाल्गुन २०८१, शुक्रबार  

138
Shares

पोखरा, २०८१/१२/०१- प्रभुबैंकले मुक्तिनाथ मन्दिरमा भीम युपीआई (BHIM UPI) सेवा शुभारम्भ गरेको छ। यससेवाको उद्घाटन नेपाल राष्ट्रबैंकका गभर्नर श्री महा प्रसाद अधिकारीज्युको प्रमुख उपस्थितिमा एक विशेष समारोहमा सम्पन्न भएको हो।

नयाँ सेवा सुरू गरेसँगै, भारतीय नागरिकहरूले अब मुक्तिनाथ मन्दिरमा क्युआर स्क्यान गरेर भेटी, दान, पूजा सामग्री र भुक्तानी गर्न सक्नेछन्। यसले मुक्तिनाथ मन्दिरमा आउने भारतीय तीर्थयात्रिहरूलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र पारदर्शी भुक्तानीको सुविधा प्रदान गर्ने विश्वास गरिएको छ।

यस सेवाले भारत र नेपालबीचको वित्तीय सम्बन्धलाई मजबुत बनाउने र क्रस-बोर्डर भुक्तानीलाई प्रोत्साहित गर्ने महत्त्वपूर्ण कदम हो। प्रभुबैंकका प्रवक्ता अनुसार, यस सेवाले नेपालमा डिजिटल वित्तीय सेवाको पहुँचलाई थप प्रभावकारी बनाउने छ।

नेपाल राष्ट्रबैंकका गभर्नर श्री महा प्रसाद अधिकारीज्युले शुभारम्भ समारोहमा सम्बोधन गर्दै भने, “भीम युपीआई सेवाले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने र वित्तीय समावेशनमा मद्दत गर्नेछ।” उनले नेपालको वित्तीय समावेशनलाई थप बलियो बनाउन राष्ट्रबैंक निरन्तर प्रयासरत रहेको बताए।

समारोहमा प्रभुबैंकका गण्डकी प्रदेश प्रमुख, बैंकका उच्च अधिकारीहरू र स्थानीय प्रशासनका प्रतिनिधिहरू पनि उपस्थित थिए। यस अवसरमा नेपाल राष्ट्रबैंकका प्रमुख कार्यकारी अधिकारी श्री गुणाकर भट्ट, श्री मुक्ति सापकोटा र अन्य बैंक अधिकारीहरूले भीम युपीआई सेवाको महत्व र यसको विस्तारमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रभुबैंकका प्रवक्ताका अनुसार, बैंकले देशभरका ७७ जिल्लामा ३१२ शाखा र ६७ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै, विदेशमा पनि उत्कृष्ट रेमिटेन्स सेवा उपलब्ध गराइरहेको छ।

यस नयाँ डिजिटल सेवा सुरु भएपछि, मुक्तिनाथ मन्दिरका दर्शनार्थीहरूले अब सहज र आधुनिक भुक्तानी प्रणालीको उपयोग गर्दै पूजा र अन्य सेवाहरूमा सहभागी हुन सक्नेछन्।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ५ : ३५ बजे