Logo

Breaking News 1

वुमन्स डे कप : नेपाल आज युगान्डासँग प्रतिस्पर्धा गर्दै


२९ फाल्गुन २०८१, बिहिबार  

46
Shares

काठमाडौं । वुमन्स डे कपमा नेपाल आज (विहीवार) घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दैछ । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा पाँचौं दिनका खेलहरू मध्ये आज दुई खेल हुदैछ ।

आज पहिलो खेल नामिबिया र हङकङबीच हुनेछ भने दोस्रो खेल घरेलु टोली युगाण्डा र नेपाल खेल्ने भएका छन् । खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ ।

जारी सिरिजमा कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको नेपालले आजको खेलमा सुधार ल्याउने अपेक्षा गरिएको छ । नेपालले, जारी सिरिजमा चार खेल खेल्दा एकमा मात्र जित हात पारेको छ ।

आजै हुने नामिबिया र हङकङबीचको पहिलो खेलको विजेताले फाइनल खेल्ने पक्का हुनेछ । नेपालले भोलि अन्तिम खेलमा हङकङसँग खेल्नेछ ।

नेपालको टोलीहरु :
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  १० : ३३ बजे