Logo

प्रदेश

अवैद्य काठ विरुद्ध वनका टोलीको विशेष अभियान जारी


२६ फाल्गुन २०८१, सोमबार  

0
Shares

जनकपुर । अवैद्य काठ विरुद्ध वनका टोलीको विशेष अभियान जारी रहेको छ ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ३ गजरिया स्थित एउटा सः मिलमा छापामारी गरी अवैद्य काठ बरामद गरिएको छ । सो सः मिल क्षीरेश्वरनाथ नगरपालिका ३ का जगदीश ठाकुर र भंगहा नगरपालिका ९ का ललित ठाकुरको रहेको छ ।

कञ्चनवन भन्दा पूर्व रहेको सो सः मिलबाट सालको ९ थान गोलिया बरामद गरिएको छ । सो काठ ७१.६० क्वीफिट रहेको छ । सुराकीको आधारमा छापा मारिएको जानकारी डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहले जानकारी दिए ।

छापामारी गर्न टोली पुग्दा सञ्चालकहरु भगेका थिए । छापामारी वन अधिकृत रामसुन्दर साह र जिल्ला कमन्डर वैद्यनाथ सिंहको नेतृत्वमा गरिएको छ । छापामारीको क्रममा नेपाल प्रहरीका टोली पनि पुगेका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : ४० बजे