Logo

धर्म / संस्कृति

आजको राशिफल


२६ फाल्गुन २०८१, सोमबार  

184
Shares

मेष
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला।

वृष
अग्रज तथा सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

मिथुन
कर्मयोगबाट मनग्य आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ।

कर्कट
प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्।

सिंह
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ।

कन्या
आज लक्ष्मीको कृपा प्राप्त हुनाले मनग्य धन लाभ हुनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ।

तुला
कर्मका प्रेरक र सहयोगी बढ्नाले कर्मसाधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

वृश्चिक
सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

धनु
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। सामान्य काममा धन र श्रम खर्च हुनेछ।

मकर
नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ।

कुम्भ
व्यावहारिक चुनौती अँगाल्नुपरे पनि प्रतिस्पर्धाले भविष्यको बाटो देखाउनेछ। आँट र पराक्रमले काममा सफलता प्राप्त हुनेछ। व्यवधान पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ।

मीन
स्वास्थ्यगत कमजोरीले काममा विलम्ब हुन सक्छ। अवसरले पछ्याए पनि फाइदा उठाउन केही चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : ५७ बजे