Logo

कर्पोरेट

प्रभु बैंक लिमिटेडको दार्चुला शाखा उद्घाटन खलंगामा ३१२ औं शाखा कार्यालय सञ्चालनमा


१८ फाल्गुन २०८१, आइतबार  

207
Shares

दार्चुला, प्रभु बैंक लिमिटेडले आज दार्चुला जिल्लाको खलंगामा आफ्नो ३१२ औं शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ। महाकाली नगरपालिका वडा नं. ०४ स्थित खलंगामा स्थापित यो शाखा, सुदूर पश्चिम प्रदेशमा बैंकको पहिलो शाखा हो।

प्रभु बैंकले आफ्नो शाखा सञ्जाललाई देशभर विस्तार गर्दै, सर्वसाधारणलाई सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। यसले बैंकिङ्ग पहुँचमा वृद्धि मात्र गरेको छैन, तर समग्र देशको आर्थिक विकासमा पनि योगदान पुर्याएको बैंकको भनाइ छ।

शाखाको उद्घाटनमा सुदूर पश्चिम प्रदेश कार्यालयका प्रमुख, कर्णाली प्रदेश प्रमुख, स्थानीय बासिन्दा, व्यवसायी र संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। यस शाखाको सञ्चालनसँगै, स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी र संघसंस्थाहरू प्रभु बैंकका उच्च गुणस्तरीय सेवाहरूको फाइदा उठाउने छन्। यसले क्षेत्रको आर्थिक प्रगतिको लागि महत्त्वपूर्ण योगदान पुर्याउने बैंकको विश्वास छ।

यसरी, दार्चुला शाखाको उद्घाटनसँगै, प्रभु बैंक लिमिटेडको सेवा अब देशका ७७ वटै जिल्लामा फैलिएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ९ : ५३ बजे