रौतहट । रौतहटको ग्रामिण भेगमा रहेका कृषक तोरी भित्र्याउनका लागि अन्न झार्न मेशिन (थ्रेसर)को प्रयोग गर्न थालेका छन् । यती बेला मजदूरको अभाव भएपछि चिन्तित भएका कृषकले थ्रेसरको सहारामा तोरी झार्न थालेका हुन् ।
गाउँघरमा सहजै थ्रेसर पाइने भएपछि कृषकलाई मजदूरकै भर पर्नुपर्ने बाध्यता हटेको हो । युवा वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै हरेक पटक खेती लगाउने र भित्र्याउने बेला मजदूरको अभाव हुने गरेकोे स्थानिय रामेश्वर साहले बताए ।
प्रायः सबैजसो किसानको तोरी एकैपटक पाकेकाले मजदूर पाउन नसकिएको उनको भनाई छ । मजदूरले तोरी काटेका र झार्ने गर्दा महँगो लिने गरेको उनको गुनासो छ ।
हिउँदे बर्षा भएमा तोरीमा क्षति पुग्ने भएकाले झार्न थालेको कृषकहरु बताउँछन् । अब तोरी थन्काएर अन्य बाली लगाउन ढिलो भैइसकेकाले यहाँका कृषकहरुलाई यती बेला चटारो छ ।
गाउँघरमा कृषिमा काम गर्ने जनशक्ति पाइन छाडेपछि जिल्लाका कृषक आधुनिक कृषि उपकरणको प्रयोगमा आकर्षित हुन थालेका हो ।
थ्रेसरको प्रयोगले कम जनशक्ति, श्रम तथा लागतमा धेरै काम गर्न सकिने कृषकहरू बताउँछन् । खेती गर्ने बेला कामदारको अभाव हुने गरेकाले कृषि यन्त्र उपकरणको प्रयोग बढ्दै गएको कृषि ज्ञान केन्द्र, गौरले जनाएको छ ।
प्रतिक्रिया