Logo

Breaking News 1

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ काराेबार ?


१ फाल्गुन २०८१, बिहिबार  

115
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको हो ।

जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँमा कारोवार भएको चाँदी आज ३५ रुपैयाँले बढेर १ हजार ९६५ रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ११ : १२ बजे