Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष
दिउँसोदेखि साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ। शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ।

वृष
व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीको मद्दतले सजिलै काम गर्न सकिनेछ।

मिथुन
विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अपराह्नतिर आयस्रोत पनि सबल बन्ने देखिन्छ। सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ।

कर्कट
दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

सिंह
सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। मध्याह्नपछि बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ। परिस्थितिजन्य समस्याले अलि दुस्ख पाइनेछ।

कन्या
दिउँसोदेखि विभिन्न स्रोतबाट रकम हातलागी हुनेछ। आँटले काम बन्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापार बढ्नेछ र अड्किएको रकम पनि उठ्नेछ।

तुला
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले पदीय जिम्मेवारी दिलाउन सक्छ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ।

वृश्चिक
दिउँसोदेखि स्थितिमा केही सुधार आउनेछ। तर पहिलेका चुनौतीहरू कायम रहनेछन्। केही अवसरले पनि पछ्याइरहनेछन्। मिहिनेत गर्दा आंशिक सफलता प्राप्त हुनेछ।

धनु
सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।

मकर
दिउँसोदेखि बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। परिस्थितिलाई सहज बनाउन सकिनेछ।

कुम्भ
लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। मध्याह्नपछि खर्चिलो काम गर्नुपर्ने हुन सक्छ। सापटमा गएको धनले समस्या निम्त्याउला। आफ्नो साधनबाट अरूले फाइदा उठाउनेछन्।

मीन
स्वास्थ्य भने केही कमजोर नै रहला। अवसर प्राप्त भए पनि सोचेको काम पूरा गर्न समय लाग्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ६ : ०० बजे