Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा उपलब्ध गराउने



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल ९एनएफपिजे० का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने घोषणा गरेको छ।

यस सम्बन्धमा बैंकका हेड ट्रान्जेक्सन बैंकिङ विभाग प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त बीच एक सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार, बैंकले क्यामरा खरिदका लागि रु २ लाखदेखि ५ लाखसम्म विना धितो कर्जा प्रवाह गर्नेछ। कर्जा प्राप्त गर्ने फोटोपत्रकारहरूले ६ महिनादेखि १८ महिनासम्मको सरल किस्ताबन्दी सुविधा पाइने छ।

कर्जा प्राप्त गर्नका लागि फोटो पत्रकारहरूले आवश्यक कागजात र आवेदन फारमसहित एनएफपिजेको सिफारिसमा बैंकसँग सम्पर्क गर्नुपर्नेछ।

ग्लोबल आइएमई बैंक, जसले हाल नेपालका ७७ जिल्लामा आफ्ना शाखाहरू सञ्चालन गरिरहेको छ, हालै ग्लोबल फाइनान्सको ूबेष्ट बैंक अवार्ड २०२४ू र युरो मनी ूअर्वाड फर एक्सलेन्स २०२४ू मा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ।

बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ सेवा लगायत १,१०० भन्दा बढी सेवा केन्द्र छन्। साथै, बैंकले नेपालका नागरिकहरुलाई बैंकिङ्ग सेवासँगै विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ४ : ५२ बजे