काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिइयोस् भन्दै माग गरेका छन् ।
आइतबार राष्ट्रिय सभाको बैठकमा उनले समाजवाद र समाजवादको संरचना निर्माण गर्न सकिने भन्दै वर्ष तोकेर समाजवाद ल्याउन आफूलाई दाउमा राख्न तयार रहेको बताएका हुन् ।
उनले भने, ‘समाजवाद र समाजवादको संरचना निर्माण गर्न सकिन्छ । म आफूलाई दाउमा राख्न चाहन्छु । मलाई मृत्युदण्ड दिइयोस् । यदी समाजवाद निर्माण गर्न सकिएन भने । वर्ष तोकियोस् । यति वर्षमा तोकेर समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु ।’
पुँजीवादले समाजवाद जन्माउने भन्दै उनले समाजवाद निर्माण गर्न चाहने हो भने भर्खरै १४ सय खर्ब नेपाली रुपैयाँ निकालेर संरचना बनाउन सकिने बताए । त्यस्तै उनले १० वर्षभित्र नेपाललाई युरोपियन स्तरमा लैजान सकिने दाबी समेत गरे ।
प्रतिक्रिया