Logo

मुख्य समाचार

रेनुका पौडेल शान्ति समाजको सभापतिमा निर्वाचित



काठमाडौँ, ३१ जनवरी २०२५ – मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा अधिवक्ता रेनुका पौडेल चयन भएकी छिन्। २०८१ माघ १७ गते गैडाकोटमा सम्पन्न समाजको २७ औं राष्ट्रिय परिषद बैठकको दौरान केन्द्रीय कार्यसमितिको निर्वाचन गरिएको हो।

पौडेलको सभापतिको चयनसँगै वरिष्ठ उपसभापतिमा राजेन्द्र पौडेल (चितवन), उपसभापतिमा अधिवक्ता लक्ष्मीनारायण मिश्र (तेह्रथुम), महिला उपसभापतिमा अधिवक्ता धन थापा (मोरङ), महासचिवमा प्रकाश शाही (सुर्खेत)र कोषाध्यक्षमा चन्द्रमणी बन्जारा (ललितपुर) चयन भएका छन्।

सचिवहरूको नियुक्ति पनि गरिएको छ। कोशी प्रदेशका सचिव सन्तोष रौनियार (सुनसरी), मधेस प्रदेशका सचिव प्रेमचन्द्र पटेल (पर्सा), वाग्मती प्रदेशका सचिव दिवाकर पुडासैनी (काठमाडौँ), गण्डकी प्रदेशका सचिव तिर्थराज न्यौपाने (कास्की), लुम्बिनी प्रदेशका सचिव धनपति डिपी खनाल (रुपन्देही), कर्णाली प्रदेशका सचिव दिल्लीप्रसाद जैसी (सल्यान०, सुदुरपश्चिम प्रदेशका सचिव भक्तबहादुर विश्वकर्मा (कैलाली), आदिवासी जनजातीको सचिव डोरविक्रम श्रीस (गुल्मी), महिला सचिव रेनुका देवकोटा (पाल्पा), दलित सचिव तुलसीराम सुनार (दाङ), र मधेसी सचिव ज्योति बाल्मिकी (बाँके) निर्वाचित भएका छन्।

त्यसैगरी, १० जना सदस्यहरूमा उमा गोतामे ९काठमाडौँ०, सुशिला रिजाल ९झापा०, कौशल्या खनाल ९संखुवासभा०, निरमाया मिजार ९म्याग्दी०, अरुण ज्ञवाली ९पाल्पा०, भानुभक्त रिमाल ९नवलपुर०, निर्मला गौतम ९दाङ०, सिताराम कोइराला ९सुनसरी०, शम्भु राउत ९चितवन०, र लालहरी पाण्डे ९रुपन्देही० निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचित पदाधिकारी र सदस्यहरूलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्कीले माघ १७ गते अपराह्न आयोजित समापन समारोहमा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

मानव अधिकार तथा शान्ति समाजको विधान अनुसार, अब केन्द्रीय कार्यसमितिले न्यूनतम ५ जना महिलासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नेछ। शान्ति समाजको विधान अनुसार, जिल्लादेखि केन्द्रसम्म ४० प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य रहेको छ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ९ : १५ बजे