काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रा छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ।
पौष १८ गते बैंक आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गर्दै १९ औं वर्षमा प्रवेश गर्दैछ। यस अवसरमा बैंकले विभिन्न सामुदायिक र सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका ३५ विपन्न छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।
यस कार्यक्रम अन्तर्गत, प्रत्येक वर्ष बैंकले हरेक छात्रालाई कक्षा १२ सम्मको अध्ययनका लागि १२,ण्ण्ण् रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउदै आएको छ। छात्राहरु प्रदेश अनुसार चयन गरी यो रकम प्रदान गरिनेछ। अहिले सम्म, बैंकले १४० भन्दा बढी छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ।
बैंकले उक्त कार्यक्रम समाजको शैक्षिक विकासमा योगदान पुर्याउने र महिला शिक्षाको महत्त्वलाई प्रकाशमा ल्याउने उद्देश्य राखेको बताएको छ। यसले आर्थिक समस्याका कारण विद्यालय छोड्न बाध्य भएका छात्राहरुलाई न्यूनतम शिक्षा पुरा गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ।
ग्लोबल आइएमई बैंकले समाजको विकासमा योगदान पुर्याउने यस्ता विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै आएको छ।
साथै, ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत नेपालकै सर्वश्रेष्ठ बैंकको सम्मान प्राप्त गरेको छ।
नेपालका ७७ जिल्लामा शाखा सञ्जाल रहेको यो बैंक ३५४ शाखा कार्यालय, ३८४ एटिएम र १,१०० भन्दा बढी सेवा केन्द्रहरुबाट उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। यसका अतिरिक्त, बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ।
प्रतिक्रिया