Logo

मुख्य समाचार

पत्रकार मरासिनीसहित नौं जनालाई ‘जेसीज उत्कृष्ट युवा पुरस्कार’



इटहरी । पत्रकार एवं लेखक गोविन्द मरासिनीसहित नौं युवा जुनियर च्याम्बर इन्टरनेशनल नेपाल (जेसीज) ‘उत्कृष्ट युवा पुरस्कार–२०२४’बाट पुरस्कृत भएका हुन् ।

मरासिनीलाई पत्रकारिता र स्वतन्त्र लेखनकार्यमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदान स्वरूप ‘देशको प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रयास’ विधामा मरासिनीलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

करिब डेढ दशकदेखि पत्रकारितामा क्रियाशील मरासिनीले मुलतः युवा, पर्यटन, सामाजिक, कला र समसामयिक बिषयमा विभिन्न राष्ट्रिय स्तरका पत्रिकाहरू र विभिन्न जर्नलमा अनुसन्धानात्मक लेख समेत लेख्दै आएका छन् ।

उनी यसअघि संकटमा सक्रिय पत्रकारित पुरस्कार, सार्क युथ लिडर अवार्ड–२०२२, गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कार, टान पत्रकारिता पुरस्कार लगायतका पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

जेसिजले हरेक बर्ष राष्ट्रलाई उत्कृष्ट योगदान पुर्याउने १० युवालाई उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ । नेपाल जेसीजले सधैका बर्ष झैं यस बर्षपनि पुरस्कार छनौट समिति बनाएर विभिन्न शाखाबाट सिफारिस उत्कृष्ट युवाहरुलाई छनौट गरी पुस्कृत गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए । स्याङ्जा निवासी मरासिनीलाई स्याङ्जाको भीरकोट जेसीजले उक्त पुरस्कारका लागि सिफारिस गरेको थियो ।

मरासिनीसँगै क्रिकेट खेलाडीद्वय करण केसी र रुविना क्षेत्री, साहित्यतर्फ कुमार सिंह, सामाजिक न्यायको क्षेत्रमा क्रियाशील कविता नेपाल, कलाकारितातर्फ पुर्णबहादुरको सारङ्गीका चर्चित कलाकार विजय बराल, आर्थिक क्षेत्रमा प्रगति गर्ने राहिव साहिवाला, विज्ञान प्रविधितर्फ कपिली खनाल र सङ्गीततर्फ सरोज श्रेष्ठ रहेका छन् ।

पुरस्कृत युवालाई जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्की र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष पोखरेलले प्रमाणपत्र, नगद पुरस्कार र मेडल सहित पुरस्कृत गरे ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ४ : २६ बजे