Logo

Breaking News 1

ललितपुरको ‘गोल्डेन टेम्पल’मा ज्येष्ठ पुजारीको राज्यभिषेक (फाेटाेफिचर)



ललितपुर । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र ललितपुरको हिरण्यवर्ण महाबिहार ‘गोल्डेन टेम्पल’को रुपमा परिचित छ ।पाटन दरबार क्षेत्रबाट करिब दुई सय मिटर उत्तरमा रहेको यसलाई हिरण्यिक मुसा बास बसेको स्थानका रुपमा पनि परिचित छ । छाते शैलीमा निर्माण भएको यो विहार शताब्दीऔं पूरानो मानिन्छ । यहाँ मुसासँग जोडिएको रोचक प्रसंग छ ।

नाबालकलाई पुजारी नियुक्त गर्ने चलन रहेको यहाँ एक ज्येष्ठ व्यक्तिलाई पनि सहायक पुजारी नियुक्त गर्ने चलन छ ।शाक्य र बज्राचार्य समुदायबाट पूजारी चयन गर्ने चलन अनुसार शनिबार यहाँ ज्येष्ठ पुजारीको राज्यभिषेक गरिएको छ ।

यहाँका पुजारीले साँझ आरतीपछि मुसाका लागि खाना राखिदिने चलन छ । भगवान् बुद्धले आफूलाई नयाँ विहारभन्दा पनि रत्न चैत्यमा लैजाँदा पुण्य हुनेभनी हिरण्यिक मुसा बास बसेको स्थानमा जान इच्छा देखाएकाले सोही अनुसार सुनौलो वर्ण र हिरा जस्तै टल्कने आँखा भएको मुसा सोही स्थानमा रहेकाले हिरण्यवर्ण महाबिहार भनिएको हो भन्ने इतिहास छ ।

राजा भाष्करदेव बर्माले १२औं शताब्दीमा स्थापना गरेको मानिएको उक्त विहारमा नयाँ पुजारीको राज्यभिषेकका सन्दर्भमा स्थानीय आधिरत्न बज्राचार्य भन्छन्,‘आज हामी अभिषेक गरिरहेका छौं । कलश पूजा, यज्ञ र निस्लाको तयारीमा छौं ।

चक्रेश्वर भन्ने स्थान रिक्त गर्न नपाइएकाले नयाँ ज्येष्ठ पूजारी ल्याइएको हो,’ उनले अगाडि भने,‘ चक्रेश्वर एक महिना पनि खाली हुनु हुदैँन् । एक महिनाभन्दा अगाडि नै चक्रेश्वरमा नियुक्ति हुनुपर्छ । त्यही भएर आज अभिशेक गरेर नियुक्त गरिदैछ । चयन भएका व्यक्ति सबैभन्दा ज्येष्ठ भएको हुनाले उहाँलाई छानिएको हो,’ उनले भने ।

पालोअनुसार पुजारी चयन गरिने बिहारमा भक्ति संगती, प्रज्ञा परामिता पाठ लगायतको काम हुने गरेको उनले बताए । कडा नियम अनुसार काम गर्नुपर्ने भएकाले आजबाट नयाँ चक्रेश्वरले पूजा गर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ८ : ५२ बजे