काठमाडौं । नेपाल क्रिकेट संघ ( क्यान )ले आयोजना गरेको नेपाल प्रिमियर लिग ( एनपीएलको ) पुरस्कार घोषणा गरेको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै क्यानले जारी क्रिकेट प्रतियोगितामा विजेता हुने खेलाडीहरुको लागि पुरस्कार घोषणा गरेको हो ।
प्रथम हुने टोलीलाई एक करोड दश लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै द्वितिय पुरस्कार एकाउन्न लाख ,तृतिय पुरस्कार रु। २५,००,०००।– ( पच्चिस लाख )चौथो पुरस्कार १५,००,००० ( पन्ध्र लाख ) रुपैयाँ रहेको छ ।
प्रतिक्रिया