काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २३ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ। मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकमा उक्त निर्णय गरिएको हो। सभा पुस २३ गते विहान १० बजे कम्पनीको केन्द्रीय कार्यालय बोडे, भक्तपुरमा आयोजना हुनेछ।
सभामा गत आर्थिक वर्ष २०८०/८१ का वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पारित गरिनेछ। साथै, चालु आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा निर्णय गरिनेछ। यस वर्ष कम्पनीले १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले गत वर्षको मुनाफाबाट १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बोनस शेयर वितरणपछि कम्पनीको जारी र चुक्तापूँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।
सभामा स्वतन्त्र सञ्चालकको नियुक्ति पनि गर्ने तयारी गरिएको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यस अनुसार पुस १६ गतेसम्म कायम शेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया