Logo

मुख्य समाचार

दिगो आर्थिक विकास र प्रकोप न्यूनिकरणका लागि चेम्बर र युएनडीपीबीच सहकार्यको सम्झौता



काठमाडौं । नेपाल चेम्बर अफ कमर्श एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा सोमबार आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधी जुलिएन चेभिलार्डले हस्ताक्षर गरेका हुन् ।

निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकुलन, विपद व्यवस्थापन एंव युनडिपीले तय गरेका विकास लक्ष्यलाई पुरा गर्न सहकार्य गर्नेगरी हस्ताक्षर भएको नेपाल चेम्बर अफ कमर्सका अभ्यक्ष अग्रवाले बताए ।

‘दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि नेपाल चेम्बर अफ कमर्श एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीबीच सम्झौता भएको हो । यसको मुख्य उदेश्य भनेको गरिबि निवारण हो । गरिबि निवारणका लागि आर्थिक गतिविधि विस्तार गर्नुपर्ने हुन्छ । आर्थिक गतिविधि विस्तार गर्नका लागि निजी क्षेत्रको क्षमता बढाउनु पर्ने हुन्छ।’ उनले भने, ‘अर्को उदेश्य जलवायु परिवर्तनलाई कसरी न्यूनिकरण गर्न सकन्छि भन्ने हो । यसको लागि ग्रीन ईकोनोमीमा पनि हामी छलफल गरेर अगाडी बढ्छौं ।’

अध्क्षय अग्रवालले यो सहकार्यले नेपालको अर्थतन्त्रलाई सेफ ल्याडिङ दिने पनि दाबी गरेका छन । उनले भने, ‘नेपाल च्याम्बर अफ कमर्सको सबै जिल्लामा संस्थाहरु भएकाले नै यूएन्डीपीले आम्रीसँग सहकार्य गरेको हो । र याृ सहकार्यले नेपालको अर्थतन्त्रलाई सेफ ल्याडिङतिर लैजान्छ भन्ने विस्वास लिएको छ ।’ 

चेम्बर अफ कमर्स र युएनडीपीबीच भएको सहमति तत्कालै कार्यन्व्यनमा आउने छ ।  युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधी चेभिलार्डले दिगो विकासका लागि राष्ट्रसंघीय लक्ष्यहरु पुरा गर्न चेम्बरसंग सहकार्य गर्न पाउदाँ खुसी लागेको बताएका छन् । उनले भने, ‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र प्राकृतिक विपद्बाट बच्नका लागि चेम्बरसंग गरिएको सहकार्य अति नै महत्वपुर्ण भएको छ । निजी क्षेत्रको कार्यक्षमता विकास गरी देशको समग्र आर्थिक गतिविधी विस्तारमा टेवा पुग्ने छ ।’

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ८ : ०९ बजे