Logo

मुख्य समाचार

पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित



काठमाडौँ ।  नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित भएकी छन् । 

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्षकी उम्मेदवार शर्मा एक हजार १४४ मतले निर्वाचित भएकी हुन् ।

मधेश प्रदेशबाहेक बाँकी ६ प्रदेशमा मतगणना सकिँदा शर्माले निकटतम् प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी हुन्। मधेशमा खसेको ७७२ मत शर्माले लिएको अग्रताभन्दा कम हो।

पछिल्लो मतगणनाअनुसार शर्माले ३ हजार ९ सय ७३ मत पाउँदा विष्टले २ हजार ८ सय २९ मत पाएका छन्।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १० : ३४ बजे