Logo

मौसम

आजको मौसमः देशभरको मौसम सफा रहने



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभरको मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो र राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकामा हिजो शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ ।

हिजो बिहानको न्युनतम तामक्रम २ डिग्री सेल्सियस मापन गरिएकोमा अहिले बिहान ४।५ डिग्री पुगेको छ ।

आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : १४ बजे