Logo

खेलकुद

एनपीएलः कर्णाली र चितवन ,लुम्बिनी र पोखरा भिड्दै


२१ मंसिर २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कर्णाली याक्स र चितवन राइनोज तथा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्सबीच प्रतिस्पर्धा हुने छ ।

कर्णाली र चितवनबीचको खेल बिहान ९ बजे र लुम्बिनी र पोखराबीचको खेल दिउँसो सवा १ बजे हुनेछ।

चितवन राइनोजले यसअघि खेलेका दुवै खेल जितेको छ भने पोखरा र कर्णालीले दुवै खेल हारेको छ ।

लुम्बिनी लायन्सले दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ८ : ३१ बजे