Logo

समाचार

टोखा नगरपालिकाले मनायो ११ औँ स्थापना दिवस



काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले आफ्नो स्थापना दिवस मनाएको छ । आइतबार  एक विशेष समारोहकाबीच  ११ औँ स्थापना दिवस मनाएको हो ।

स्थापना दिवस मनाउँदै नगरपालिकाका मेयर प्रकाश अधिकारीले टोखा नगरपालिकाले विभिन्न राम्रा कामहरुको गतिविधि गर्दै आइरहेको बताएका छन् । उनले  टोखाको गरिमा र महिमा बढाउनको लागि टोखाबासीको भूमिका महत्वपूर्ण  रहेको बताए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : ४८ बजे