Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकले कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग



काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख रुपैयाँको सहयोग प्रदान गरेको छ।

बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले आज एक समारोहमा कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई उक्त रकम हस्तान्तरण गरे।

कोहलपुर नगरपालिकाका अनुसार, यो शवदाह गृह कोहलपुर नगरपालिकाको वडा नं. ११ स्थित डुडुवा खोला र रोहिणी खोला संगम क्षेत्रमा निर्माण हुँदैछ। यस परियोजनाले कोहलपुर र आसपासका नागरिकलाई सरल, सहज र कम खर्चिलो विधुतीय शवदाह सेवा प्रदान गर्नेछ।

बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले यो सहयोगले वातावरणीय असर कम गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे। उनले बैंकका संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत यस्तो सहयोग गरिएको बताए।

ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड २०२४” र युरो मनी “अर्वाड फर एक्सलेन्स २०२४” मा नेपालका सर्वश्रेष्ठ बैंकको रुपमा सम्मान प्राप्त गरेको छ। बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ७ : ५८ बजे