Logo

मुख्य समाचार

राजनीतिक दलहरुको प्रचारप्रसारमा बालबालिकाको प्रयोग



हेटौंडा । स्थानीय तहको उपनिर्वाचन चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरूले प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गरिरहेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा प्रमुख राजनीतिक दल नेकपा माओवादी केन्द्रले चुनावी प्रचारप्रसारमा बालबालिकाको हातमा झण्डा र लाउडस्पिकर बोकाएका छन् ।

प्रचारप्रसारका क्रममा प्रयोग भएका गाडीमा समेत नाराबाजीमा उनीहरूलाई प्रयोग गरिएको पाइएको छ । विद्यालय बन्द भएको बेला पारेर दलहरूले बालबालिकालाई प्रयोग गरेका हुन् ।

प्रचारप्रसारका क्रममा प्रयोग भएका गाडीमा समेत नाराबाजीमा उनीहरूलाई प्रयोग गरिएको पाइएको छ । विद्यालय बन्द भएको बेला पारेर नेकपा माओवादी केन्द्रले बालबालिकालाई प्रयोग गरेका हुन् ।

हेटौंडा १२ मा नेकपा माओवादी केन्द्रले घरदैलो अभियानमा आएका एक ८ वर्षीय किशोरले रमाइलोका लागि प्रचारप्रसारमा आएको बताए ।

‘स्कुल बन्द छ, गाउँभरका सबै मान्छे घुम्न आए, त्यही भएर रमाइलो गर्न साथीसँग आएका हौँ, यस्तो गर्नु हुँदैन भन्ने थाहा भएन, अरुले जस्तै झण्डा बोकियो, टिसर्ट लगायौँ,’ उनले भने ।

यसअघि नेकपा एमालेले पनि हेटौंडा १२ मा विभिन्न स्थानमा निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको थियो । अहिलेसम्म हेटौंडा–१२ बाट यस्तोबारे उजुरी केही नआएको मुख्य निर्वाचन अवानी मैनाली भट्टराईले बताए ।

‘यसबारे दलका प्रतिनिधिसँग संवेदनशील रुपमा आवश्यक छलफल भइरहेको छ, यसबारे केही उजुरी भने आएका छैनन्,’उनले भने ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १० : ५५ बजे