Logo

कर्पोरेट

नेप्से निरन्तर रुपमा ओरालो  लाग्दै


२१ कार्तिक २०८१, बुधबार  

92
Shares

काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज १.८८अंक घटेर बन्द भएको छ ।  तिहारपछि खुलेको बजार मंगलबार पनि घटेर बन्द भएको थियो । बजार दुई हजार छ सय ७५ दशमबल ५१ अंकमा पुगेर रोकिएको छ ।

छ कम्पनीको शेयर यथावत रहेको  छ । तीन वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।  आज १२१ कम्पनीको शेयरमूल्य बढेकोमा ११७ कम्पनीको शेयरमा भने गिरावट आएको छ ।

नेप्सेका अनुसार आज नारायणी डेभलप्मेन्ट बैंक, बलेफी हाइड्रो पावर, पिपुल्स हाइड्रोपावर पोजेटिभ सर्किट लागेको हो । आज ५ अर्ब २२ करोड २४ लाख बराबरको शयेर खरिद विक्री भएको नेप्सेले जनाएको छ । 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ४ : १० बजे