Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई यती एयरलाइन्सको टिकटमा क्यासब्याक अफर


२१ कार्तिक २०८१, बुधबार  

115
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि यती एयरलाइन्सको हवाई टिकट खरिदमा विशेष क्यासब्याक अफर योजना सार्वजनिक गरेको छ।

बैंकको मोबाइल बैंकिङ्ग सेवा “ग्लोबल स्मार्ट प्लस” प्रयोग गर्ने ग्राहकहरूले यती एयरलाइन्सको टिकट खरीद गर्दा रु. ५०० क्यासब्याक प्राप्त गर्नेछन्। क्यासब्याक अफर योजनाअनुसार, ग्राहकहरूले “GlobalIME500” प्रोमो कोड प्रयोग गरी यती एयरलाइन्सको टिकट बुक गर्दा वा काट्दा यो क्यासब्याक लाभ उठाउन सक्नेछन्।

ग्राहकहरूले यो प्रोमो कोडलाई तीन पटकसम्म प्रयोग गर्न सक्नेछन्। उक्त क्यासब्याक अफर योजना २०२४ को नोभेम्बर २९ सम्म लागू रहने छ। ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूको सुविधा र आवश्यकताअनुसार विभिन्न योजनाहरू प्रस्तुत गर्दै आएको छ, जसले ग्राहकलाई थप लाभ पुर्याएको छ। बैंकले हालै ग्लोबल फाइनान्सको Best Bank Award 2024 र युरो मनी Award for Excellence 2024 बाट नेपालकै सर्वश्रेष्ठ बैंकको उपाधि प्राप्त गरेको छ। यसका अतिरिक्त, बैंकले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरू पनि जितेको छ।

ग्लोबल आइएमई बैंक नेपालको पहिलो निजी वाणिज्य बैंक हो जसले देशभरिका ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ। बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयहरू सहित १,१०० भन्दा बढी सेवा केन्द्र छन्।

साथै, ग्लोबल आइएमई बैंकले नेपाली नागरिकहरूको बैंकिङ सेवासँगै विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि प्रदान गर्दै आएको छ। यस बैंकले संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स सेवा उपलब्ध गराइरहेको छ।

Bottom of Form

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ३ : ११ बजे