Logo

मुख्य समाचार

मन्त्री सुडीले सार्वजनिक गरे एकसय दिनका उपलब्धि


११ कार्तिक २०८१, आइतबार  

69
Shares

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले एकस दिन अवधिमा गरेका कार्य विवरण सार्वजनिक गरेका छन् ।

आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री सुडीले एकस दिनको अवधिमा आफूले गरेको काम सार्वजनिक गरेका हुन् ।

कार्य विवरण सार्वजनिक गर्दै मन्त्री सुडीले मानव बेचबिखन तथा ओसारपसारबाट प्रभावित भएका ७७ जना महिलालाई स्वदेश फिर्ता गरि पारिवारिक पुर्नमिलन गराएको बताए ।

उनले भने,‘मानव बेचबिखन तथा ओसारपसारबाट प्रभावित भएका ७७ जना महिलाको स्वदेश फिर्ता पारिवारिक पुर्नमिलन तथा पुर्नस्थापना गरिएको छ ।’

त्यस्तै उनले बालबालिका सम्बन्धि ऐन २०७५ संशोधनको लागि मस्यौदा तयार तयारीको चरणमा रहेको जानकारी गराए । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ संशोधन विधेयक मस्यौदा मन्त्रीपरिषद्मा पेस गरिएको उनको भनाई छ ।

उनले भने,‘बालबालिका सम्बन्धि ऐन २०७५ संशोधनको लागि मस्यौदा तयार तयारीको चरणमा छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ संसोधन विधेयक मस्यौदा मन्त्रीपरिषद्मा पेस गरिएको छ ।’

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  २ : ५९ बजे