Logo

Breaking News 1

देशभर पश्चिमी वायुका साथै स्थानीय र चक्रवात ‘दाना’को आंशिक प्रभाव रहने


९ कार्तिक २०८१, शुक्रबार  

115
Shares

काठमाडाैं । हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभावसमेत रहेको छ ।

हाल कोशी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भेगको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति कोशीलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ६ : ३५ बजे